koshi flood

अमर काफ्ले भाद्र २ सुनसरी। सप्तकोशी नदीले पूर्वि तटवन्ध भत्काएर बिनास गरेको आज आठ वर्ष पुरा भएको छ ।आठ वर्ष अघि आजकै दिन सप्तकोशी नदीले पूर्वि तटवन्ध भत्काएको थियो । कोशीले वहाव परिवर्तन गर्दा चार गाविस र आसपासका क्षेत्रका गरी ५० हजार बढी विस्थापित हुन पुगेका थिए ।

resque team

कोशीको त्यो त्रासदीले आठ वर्षको अवधी पार गरेको छ । यद्यपी कोशी आसपासका वासिन्दा भने अझै त्रासबाट मुक्ति पाउन सकेका छैन् ।
२०६५ साल भाद्र २ गते सप्तकोशी नदीले पूर्वि तटबन्ध भत्काएको थियो । बहाव परिवर्तन गरी सुनसरीको पश्चिम कुशाहाबाट नदी मानव वस्तीमा पस्दा ५० हजार बढी सर्वसाधारण प्रत्यक्ष मारमा परे ।

koshi Flood.jpg1

सुनसरीको पश्चिम कुशाहा,लौकही,श्रीपुर, हरिपुर गाविसका ५० हजार मानिसहरु कोशीको बाढी वस्तीमा छिर्दा घरवार विहिन मात्र भएनन् छिमेकी मुलुक भारतमा कोशीले थप क्षति पुर्यायो ।कटानका कारण पूर्व पश्चिम राजमार्ग महिनौ अवरुद्ध हुँदा राजधानी र पूर्वको सम्पर्क विच्छेद हुँदा वैकल्पिक मार्गका रुपमा जोखिमपूर्ण र कष्टपद यात्रा सर्वसाधारणका लागि निकै लामो समय सास्ती बन्न पुग्यो ।

विशेष प्याकेजका साथ सरकारले कटान पीडितको पुर्नस्थापना गरेको बताएपनि हाल सम्मपनि कतिपय सरकारी घोषणा अपुरै रहेको पीडितहरु बताउँछन् । कोशी पीडितहरु सरकारले उपलब्ध गराउने भनिएका सुविधा अझै आफुहरुले पाउन नसकेको गुनासो गर्छन् ।
बाढी पीडित संघर्ष समिति सुनसरीका अध्यक्ष पंचनारायण मण्डल सरकारले दिने भनेको काठ सहित क्षतिपूर्ति बापतको रकम अझै उपलब्ध हुन नसकेको बताउँछन् । मण्डल अब आफुहरु सरकारलाई दवाव सीर्जना गराउन पूनः आन्दोलनको तयारीमा रहेको बताउँछन् ।
स्थानीय युवा धमेन्द्र मेहता समेत सरकारको बाचा अनुरुपमको सेवा सुविधा अझै पाउन नसकेको बताउँछन् ।

सरकारले कोशी पीडितका नाममा प्याकेज बनाएरै सेवा सुविधा उपलब्ध गराएको छ ।सुनसरी प्रशासनका अनुसार कोशी पीडितहरुका नाममा नेपाल सरकारले १ अर्व ९ करोड ५७ लाख ८२ हजार ४ सय ७६ रुपैंया खर्च गरेको छ ।क्षतिपूर्ति, जग्गाको क्षति पूर्ति, बाली क्षतिपूति, सुकुम्बासी पुर्नवास लगायतका शिर्षकमा सो रकम खर्चिएको सुनसरी प्रशासनले जनाएको छ ।कोशीको त्यो कहर आठ वर्ष पुरानो हो । तरपनि हरेक वर्षायामसँगै सप्तकोशी नदीको बहावमा आउने उतारचढावले नदी किनारका वस्तीका वासिन्दा आफुहरु असुरक्षित महसुस गर्छन् ।

बेलावखत यदाकदा नदीले स्परहरु कटान गर्ने गरेको छ । कोशी ब्यारेज देखी प्रकाशपुर सम्मको स्पर मर्मतको जिम्मा पाएको भारतीय पक्षबाट बेलैमा काम सम्पन्न नहुने परिपाटी अझै कायमै छ । नेपाली पक्षको मर्मतको जिम्मेवारी क्षेत्रमा समेत वर्षायाममा हतारको चटारो हुने गरेको छ ।
कोशी बग्दा बालुवा भरिएको जमिन जाँगरीलाका लागि सुन फलाउने थलो बनेको छ । कोशी कटान क्षेत्रमा समयानुकल तरकारी फलाएर मनग्गै आम्दानी गर्नेहरुको संख्या कम छैन् ।

मुआब्जा नपाएको भन्दै आफुकहाँ कोही पीडित गुनासो गर्न नआएको बताउने सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाई प्रमाण सहित आए आवश्यकिय प्रकृया अघि बढाउन आफु पछि नपर्ने बताउनु हुन्छ ।कोशी पीडितहरु अझैपनि सरकारी राहतको पखाईमा छन् । कोशी फुटेको दिनको सम्झनामा उनिहरु प्रत्येक वर्ष आजको दिनलाई कालो दिनका रुपमा मनाउदै आएका छन् ।२०६५ साल भाद्र २ गते प्रचण्डले प्रधानमंत्रीको शपथ लिएकै दिन कोशी बहाव परिवर्तन गरी बस्तीमा पसेको थियो ।

पीडितहरुको अवस्था बुझ्न सुनसरी आउँदा सबै सेवा सुविधाको आश्वासन बाँडेका तत्कालिन प्रधानमंत्रीले भनेबमोजिमको काम नगरेको आरोप लगाउने कोशी पीडित यतिवेला पून मुलुकको प्रधानमंत्री बन्न पुगेका प्रचण्डले तत्कालिन अवस्थामा गरेका बाचा पुरा गर्ने हुन या हैनन् प्रतिक्षामा देखिन्छन् ।

बिनास गरेको आज आठ वर्ष पुरा भएको छ ।आठ वर्ष अघि आजकै दिन सप्तकोशी नदीले पूर्वि तटवन्ध भत्काएको थियो । कोशीले वहाव परिवर्तन गर्दा चार गाविस र आसपासका क्षेत्रका गरी ५० हजार बढी विस्थापित हुन पुगेका थिए ।कोशीको त्यो त्रासदीले आठ वर्षको अवधी पार गरेको छ । यद्यपी कोशी आसपासका वासिन्दा भने अझै त्रासबाट मुक्ति पाउन सकेका छैन् ।२०६५ साल भाद्र २ गते सप्तकोशी नदीले पूर्वि तटबन्ध भत्काएको थियो । बहाव परिवर्तन गरी सुनसरीको पश्चिम कुशाहाबाट नदी मानव वस्तीमा पस्दा ५० हजार बढी सर्वसाधारण प्रत्यक्ष मारमा परे ।

सुनसरीको पश्चिम कुशाहा,लौकही,श्रीपुर, हरिपुर गाविसका ५० हजार मानिसहरु कोशीको बाढी वस्तीमा छिर्दा घरवार विहिन मात्र भएनन् छिमेकी मुलुक भारतमा कोशीले थप क्षति पुर्यायो । कटानका कारण पूर्व पश्चिम राजमार्ग महिनौ अवरुद्ध हुँदा राजधानी र पूर्वको सम्पर्क विच्छेद हुँदा वैकल्पिक मार्गका रुपमा जोखिमपूर्ण र कष्टपद यात्रा सर्वसाधारणका लागि निकै लामो समय सास्ती बन्न पुग्यो ।

विशेष प्याकेजका साथ सरकारले कटान पीडितको पुर्नस्थापना गरेको बताएपनि हाल सम्मपनि कतिपय सरकारी घोषणा अपुरै रहेको पीडितहरु बताउँछन् । कोशी पीडितहरु सरकारले उपलब्ध गराउने भनिएका सुविधा अझै आफुहरुले पाउन नसकेको गुनासो गर्छन् ।
बाढी पीडित संघर्ष समिति सुनसरीका अध्यक्ष पंचनारायण मण्डल सरकारले दिने भनेको काठ सहित क्षतिपूर्ति बापतको रकम अझै उपलब्ध हुन नसकेको बताउँछन् । मण्डल अब आफुहरु सरकारलाई दवाव सीर्जना गराउन पूनः आन्दोलनको तयारीमा रहेको बताउँछन् । स्थानीय युवा धमेन्द्र मेहता समेत सरकारको बाचा अनुरुपमको सेवा सुविधा अझै पाउन नसकेको बताउँछन् । सरकारले कोशी पीडितका नाममा प्याकेज बनाएरै सेवा सुविधा उपलब्ध गराएको छ ।सुनसरी प्रशासनका अनुसार कोशी पीडितहरुका नाममा नेपाल सरकारले १ अर्व ९ करोड ५७ लाख ८२ हजार ४ सय ७६ रुपैंया खर्च गरेको छ ।

क्षतिपूर्ति, जग्गाको क्षति पूर्ति, बाली क्षतिपूति, सुकुम्बासी पुर्नवास लगायतका शिर्षकमा सो रकम खर्चिएको सुनसरी प्रशासनले जनाएको छ ।
कोशीको त्यो कहर आठ वर्ष पुरानो हो । तरपनि हरेक वर्षायामसँगै सप्तकोशी नदीको बहावमा आउने उतारचढावले नदी किनारका वस्तीका वासिन्दा आफुहरु असुरक्षित महसुस गर्छन् ।बेलावखत यदाकदा नदीले स्परहरु कटान गर्ने गरेको छ । कोशी ब्यारेज देखी प्रकाशपुर सम्मको स्पर मर्मतको जिम्मा पाएको भारतीय पक्षबाट बेलैमा काम सम्पन्न नहुने परिपाटी अझै कायमै छ । नेपाली पक्षको मर्मतको जिम्मेवारी क्षेत्रमा समेत वर्षायाममा हतारको चटारो हुने गरेको छ ।

कोशी बग्दा बालुवा भरिएको जमिन जाँगरीलाका लागि सुन फलाउने थलो बनेको छ । कोशी कटान क्षेत्रमा समयानुकल तरकारी फलाएर मनग्गै आम्दानी गर्नेहरुको संख्या कम छैन् ।मुआब्जा नपाएको भन्दै आफुकहाँ कोही पीडित गुनासो गर्न नआएको बताउने सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाई प्रमाण सहित आए आवश्यकिय प्रकृया अघि बढाउन आफु पछि नपर्ने बताउनु हुन्छ ।

कोशी पीडितहरु अझैपनि सरकारी राहतको पखाईमा छन् । कोशी फुटेको दिनको सम्झनामा उनिहरु प्रत्येक वर्ष आजको दिनलाई कालो दिनका रुपमा मनाउदै आएका छन् ।२०६५ साल भाद्र २ गते प्रचण्डले प्रधानमंत्रीको शपथ लिएकै दिन कोशी बहाव परिवर्तन गरी बस्तीमा पसेको थियो ।पीडितहरुको अवस्था बुझ्न सुनसरी आउँदा सबै सेवा सुविधाको आश्वासन बाँडेका तत्कालिन प्रधानमंत्रीले भनेबमोजिमको काम नगरेको आरोप लगाउने कोशी पीडित यतिवेला पून मुलुकको प्रधानमंत्री बन्न पुगेका प्रचण्डले तत्कालिन अवस्थामा गरेका बाचा पुरा गर्ने हुन या हैनन् प्रतिक्षामा देखिन्छन् ।

तपाईको प्रतिक्रिया