salim bhachao abhiwan
२ भदौ, नरेन्द्र बस्नेत बेलबारी  । एउटा निर्दोष १२ बर्षीय बालक,जसका हजारौा सपनाहरु छन,उनी बााच्न,हाास्न,खेल्न अनि आफना सहकर्मीहरुसागै बिद्यालय जान र अध्यायन गरेर ठुलो मान्छे बन्न चहान्छन । उनका अनगिन्ती सपनाहरु छन ।

जुन सपना पुरा गर्नका लागी उनी स्वस्थ्य हुनु जरुरी छ । बिचरा ति अबोध बालकलाई के थाहा आफुलाई के रोग लागेको हो । उनी त चहान्छन आफनो रोग चााडो निको होस अनि पुरानै दैनिकीमा फर्कन सकु । कुन चााहि अभिभावकले नचाहला र आफनो सन्तान,स्वस्थ्य र सुखी भएको देख्ने । आफना सन्तानमाथि परिवारको ठुलो सपना हुन्छ ।

मोरङको बेलबारी ४ लालभित्तिका १२ बर्षीय बालक सलिम धिमालको परिवारले पनि त्यस्तै चहान्थ्यो । तर सबै कुराहरु सोचेजस्तो कहाा हुन्छ र रु सलिम अहिले उपचार खर्चको अभाबको भारतको एक अस्पतालमा छटपटाईरहेका छन ।उनको उपचारका लागी परिवारले सकेसम्म गर्यो । आफु साग भएको सारा सम्पत्ति खर्च भयो । उनको उपचारका लागी परिवारले १० लाख जति खर्च गरिसक्यो तर उनको उपचार त्यति खर्चले मात्र सम्भब भएन । उनको उपचारका लागी अझै १० लाख भारुको आबश्यत्ता रहेको छ ।

तर उनको परिवार साग त्यति खर्च जुटाउने हैसियत छैन । त्यसैले उनीहरु सहयोगी मन भएकाहरु साग उपचार खर्चका लागी बिन्ति गरिरहेका छन । ब्रेन टयूमरका कारण एक महिना देखि उनी अस्पतालमा उपचाररत रहेका छन । उनको उपचारमा १० लाख खर्च भईसकेको र अझै उनको उपचारमा १२ लाख भारु खर्च हुने परिवारले जनाएको छ ।

सामानय परिवारमा जन्मिएका उनको उपचार खर्च जुटाउनु परिवारका लागी निक्कै ठुलो चुनौति भएको छ । त्यसैले सहयोगी मन र भावाना भएका दाताहरुको आबश्यक छ । यदि रकम संकलन गर्न सके एउटा अबोध बालकको ज्यान बचाउन सकिन्छ । उनले पुर्ण स्वस्थ भएर फेरी नयाा जीबन पाउनेछन । उनी फेरी हाास्नेछन अनि रमाउनेछन । हामी सबैले केही गर्ने बेला आएको छ । एक नेपालीलाई दु:ख पर्दा अर्को नेपालीले साथ दिनु हाम्रो मानवता र धर्म पनि हो । त्यसैले सलिमको उपचार खर्च जुटाउन हामी देश तथा बिदेशमा रहेका सबै नेपालीहरु एकचोटी जुटौा । ताकि सलिमले फेरी नयाा जीवन पाऊन ।

तपाईको प्रतिक्रिया