biratnagar-bhansar

विराटनगर १६ कात्तिक / विराटनगर भन्सार कार्यालयबाट राजस्व छलेको आरोपमा भन्सार एजेन्ट गुलाव साहलाई राजस्व अनुसन्धान कार्यालय इटहरीले आइतबार साँझ रु १६ लाख सात हजार जरिवाना गरी कारबाही गरेको छ ।

दुई हप्ता अगाडि भन्सार एजेन्ट गुलावका छोरा मन्टु साहद्वारा आयात गरिएको हार्डवेयरको सामानसहित एक ट्रक जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाएको थियो । त्यस क्रममा राजस्व छलेको पाइएपछि सो जरिवाना गरिएको हो ।

कार्यालय प्रमुख गौरीशङ्कर उपाध्यायका अनुसार सो ट्रकमा हार्डवेयर, शौचालयका धारा पाइप, बेसिनका फलाम सामग्री, त्रिपाल र प्लास्टिकका सामान रहेको बताइएको छ । यसअघि विराटनगरका दुईजना भन्सार जाँचका कर्मचारी राजस्व नलिई सामान छोडेको आरोपमा कारबाहीमा समेत परेको बताइएको छ ।पुर्वेलिन्युजबाट

 

तपाईको प्रतिक्रिया