काठमाडौ । सुडान डार्फरमा नेपाल प्रहरीको फम्र्ड पुलीस युनिट मिसन स्थापना भएको करिब १० वर्ष भएको छ । मिसनमा सुरुदेखि नै समुक्त राष्ट्रसंघले आठ वटा बुलप्रुफ बख्तरबन्द गाडी (एपीसी)किन्न निर्देशन दिएको थियो ।

तर स्थापनाको एक दशक बित्दा पनि चारवठाएपीसिकै भरमा नेपाल प्रहरीले काम गर्दै आएको छ ।विगत तीन वर्ष देखि प्रहरीले त्यहाँ एपीसी प्रयोग गर्दै आएको छ। थप चार वटा एपीसी पठाउन राष्ट्रसंघले पटक पटक ताकेता गर्दै आउदाँ पनि प्रहरीले पठाउने सकेको छैन ।

समयमा एपीसी नपाठाएपछि पछिल्लो समय नेपाल प्रहरीको मिसन नै बन्द गर्नै चेतावनी समेत राष्ट्रसंघले दिएको छ । अाजकाे नयाँ पत्रिकामा समाचार छ।

 

तपाईको प्रतिक्रिया