syrian kid amran injured

३ भाद्र। मानवता हराउँदै गएपछि विश्वकै ध्यान खिच्न सफल सिरियाका बालकको दुखद तस्बिर अहिले सामाजिक संजालमा भाइरल भएको छ ।मध्यपूर्वी देश सिरियामा सरकारी र विद्रोही पक्षबीच केही वर्षदेखि द्वन्द्व जारी छ । सिरियाका विभिन्न भागमा दिनदिनै बम बारुद विस्फोट भइरहेका हुन्छन् । हवाई आक्रमण पनि हुन्छन् ।

अलेप्पोमा विद्रोहीको कब्जामा रहेको क्षेत्रमा हवाई अक्रमणपछि ध्वस्त भएको भवनबाट उद्दार गरेर एम्बुलेन्स बसिरहेका एक बालकको तस्बिर सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालमा यसको व्यापक चर्चा भइरहेको छ । मानिसहरुले यो तस्बिर सेयर गरिरहेका छन् साथमा आक्रोश पनि पोखिरहेका छन् ।

syrian kid amran injured1

चिकित्सकका अनुसार तस्बिरमा देखिएका बालक ५ वर्षका छन् र उनको नाम ओमरान दाक्निस हो । ओमरानको परिवारका अन्य सदस्यको अवस्था भने अहिलेसम्म पनि अज्ञात नै छ ।

सिरियन सुरक्षाकर्मीलाई अलेप्पोमा शहरमा पूर्ण नियन्त्रण रसियन सेनाले हवाई आक्रमण गरी सिरियाली सुरक्षाकर्मीलाई सहयोग गरिरहेको छ । हवाई आक्रमणमा परी केही साता यता सो क्षेत्रमा सयौं सर्वसाधारण मारिएका छन् ।

विद्रोहीको कब्जामा रहेको कतेर्जी क्षेत्रमा भएको हवाई आक्रमणमा परी घाइते भएका उक्त बालकलाई बुधबार राति प्यारामेडिकहरुले उद्दार गरी अस्पताल पुर्‍याएका थिए ।

बालकको उपचार गरेका अलेप्पो क्षेत्रमा कार्यरत एक डाक्टरका अनुसार ती बालकको टाउकोमा चोट लागे पनि मतिष्कमा भने कुनै समस्या भएको थिएन । उनी उपचारपछि अस्पतालबाट फर्किसकेका छन् ।एजेन्सीको सहयोगमा

भिडियोकोलागि तल क्लिक गर्नुहोस

तपाईको प्रतिक्रिया