tarun dal jhanda congress

इनरुवा भाद्र ३ /तरुण दल सुनसरी क्षेत्र नम्वर ४ को सम्पन्न अधिवेशनले विनोद खनालको अध्यक्षतामा नया नेतृत्व चयन गरेको छ ।
खनाल अध्यक्षमा रहँदा सुरेश मेहता उपाध्यक्षमा चुनिएका छन् ।

त्यसैगरी क्षेत्र नम्वर ४ अन्य पदाधिकारीहरुमा सचिव तेजेन्द्र कार्की, कोषाध्यक्षमा भोला साह रहेका छन् । जिल्ला सदस्य राजिव सुवेदी चुनिँदा विरेन्द्र शाह केन्द्रिय महाधिवेशन प्रतिनीधि तोकिएका छन् ।त्यसैगरी सुनसरी क्षेत्र नम्वर ५ मा समेत नयाँ पदाधिकारी चुनिएका छन् ।

क्षेत्र नम्वर ५ को अध्यक्षमा योगेन्द्र उराव, उपाध्यक्षमा हसुबल अन्सारी, सचिवमा विशाल गुरुङ, कोषाध्यक्षमा शुभद्रा मेहता रहेका छन् । पूर्णराज यादव जिल्ला सदस्यमा रहँदा मनोज साह केन्द्रिय मधाविशन प्रतिनीधि छानिएका छन् ।

तपाईको प्रतिक्रिया