Birganj-Vansar-ma-tanab-2

 कात्तिक १६,वीरगन्ज/

वीरगञ्जमा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ। नेपाल भारत गेट (शंकराचार्य गेट) नजिक प्रहरीले चलाएको गोलीबाट अन्दाजी २० वर्षीय युवकको मृत्यु भएको हो। प्रहरीले चलाएको गोली उनको टाउकोमा लागेको थियो। उनको नारायणी उप क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो। आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा परी ८ सुरक्षाकर्मीसहित दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन्।

स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाइ फायर र अश्रुग्यास प्रहार गरेको थियो ।  वीरगञ्ज-रक्सौल जोड्ने मितेरी पुलमा प्रहरीले हस्तक्षेप गरी विहान मधेसी मोर्चाका कार्यकर्ताहरुलाई हटाएपछि स्थिति तनावपूर्ण बनेको थियो । मोर्चाका कार्यकर्ताहरुले वीरगञ्जको हुलाक कार्यालय र महुवन प्रहरी चौकीमा आगजनी समेत गरेका छन् । उनीहरुले सडकका बिभिन्न स्थानमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया