salim bhachao abhiwan
४ भाद्र, नरेन्द्र बस्नेत बेलबारी । मोरङको बेलबारी ४ का १२ बर्षीय बालक सलिम धिमाललाई ब्रेन टयुमर भएपछि उपचार खर्चको अभाबमा अस्पतालमा मृत्यु संग जुधिररहेको समाचार इनरुवा अनलाइन लगायत अन्य सञ्चार माध्यममा प्रकाशित भएपछि सहयोग रकम जुट्न थालेको छ ।

उनको उपचारमा १० लाख बढी खर्च भईसकेको र अझै १२ लाख भारु आबश्यक भएको जसका लागी खर्च अभाबमा उनको उपचार गर्न कठिनाई भएको समाचार प्रकाशित भएपछि उनी अध्यायनरत बेलबारी ४ को शिक्षा सन्देश इंग्लिस स्कुलले सम्पुर्ण शिक्षकहरुको एकदिनको तलब बापतको रकम र बिद्यार्थीहरुले खाजा खर्च कटाएर १ लाख रुपैया सहयोग गर्ने बिद्यालयका प्रिन्सिपल राजेश खत्रीले जानकारी दिएका छन ।

भने स्थानीय स्तरमा गरी शनिबार सम्म डेढलाख बढी रुपैया संकलन भएको लालभित्ति युवा समुहका कार्यक्रम संयोजक तुलसी प्रसाद ढकालले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया