thamel

काठमाडौं । क्यानडाबाट आएर सीधै ठमेल पुगेका एक गैरआवासीय नेपालीलाई ट्याक्सी चालक अनिल तामाङ र सञ्जीव बोहोराले योजनाबद्ध रूपमा नायिका मिलाउने भन्दै मदिरामा बेहोस हुने औषधि मिलाएर लुटे । ५ साउनमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले उनीहरूलाई पक्राउ गरी चोरी मुद्दा चलायो । अदालतले दुवैलाई २५–२५ हजार धरौटीमा छाडिदिएको वृत्तका डिएसपी सोमेन्द्रसिंह राठौरले बताए ।

 एक युवतीसँग जबर्जस्ती सम्बन्ध राखेको आरोपमा एक सातादेखि एक विदेशी नागरिक र होटेलका कर्मचारी प्रहरी हिरासतमा छन् । साउदी अरेबियाको मोताहिन ओभरसिज कम्पनीमा मेनेजरका रूपमा कार्यरत दक्षिण सुडानका नागरिक सिद्दिकी इब्राहिम हसन इब्राहिमलाई प्रहरीले होटेल तायमाबाट पक्राउ गरेको हो । बसुन्धारास्थित क्षितिज इम्प्लोइमेन्ट सर्भिस कम्पनीमार्फत नेपाली कामदार छनोटका लागि आएका उनी ठमेलमा बसेर हरेक दिन नयाँ–नयाँ युवतीसँग रमाइलो गर्थे ।

अचम्मलाग्दो कुरा के थियो भने युवतीले वेश्यावृत्तिबाट कमाएको पैसाले चारजना अनाथ बालबालिकालाई पढाउादै आएकी थिइन् । आफू पनि टुहुरी भएकाले चार टुहुरा बालबालिकालाई उनले होस्टेलमा राखेर पढाउादै आएकी हुन् । नेपालमा बिहे गर्न गाह्रो हुने भएकाले उनी इजरायल गएर उतै बस्ने तयारीमा छिन् ।

सरिता केसी धादिङ घर भएकी २१ वर्षीया युवती हुन् । ठमेलका डिस्कोहरू धाइरहने उनी पछिल्लो एक वर्षमा तीनपटक पक्राउ परिसकेकी छिन् । ‘सबै घटना उस्तै छन्,’ डिएसपी राठौर भन्छन्, ‘होटेलमा गएपछि युवकलाई नुहाउन लगाउने र धनमाल लिएर भाग्ने ।’ प्रहरीले पक्राउ गरेपछि आफूलाई मुद्दा चलाए युवकले आफूलाई बलात्कार प्रयास गरेको र त्यसमा उसलाई पनि मुद्दा चलाउनुपर्ने भन्दै बार्गेनिङ गरेर छुट्ने गरेकी छिन् ।

गत ११ वैशाखमा दरबारमार्गमा दुई ट्याक्सी चालक पाँच युवतीसहित पक्राउ परे । दरबारमार्ग र कमलादी क्षेत्रमा ट्याक्सीमा युवती राखेर घुमिरहने चालक गणेश मगर र आइते लामालाई प्रहरीले पक्राउ गरेको थियो । ट्याक्सी चालकको आवरणमा उनीहरूको खास पेसा भने यौनकर्मी युवतीलाई ग्राहक मिलाउनु हो । त्यसकारण युवतीहरू ट्याक्सीमा लिएर उनीहरू ग्राहक खोज्दै हिाडेका थिए ।आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले रिपोर्ट लेखेका छन् ।

तपाईको प्रतिक्रिया