modi-in-nepal

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग चिएिको सम्बन्ध सुधारका लागि आफूले फेरि नेपाल भ्रमण गर्नसक्ने बताएका छन् ।

 सरकारको विशेष दूतका रुपमा भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग शनिवार भएको भेटमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल भ्रमण गर्ने इच्छा देखाएका हुन् ।

गत वर्ष नेपालमा संविधान जारी भएलगत्तै भारतले नेपालमा पाँच महिना नाकाबन्दी गरेपछि विग्रेको द्धिपक्षीय सम्बन्ध तथा मोदीप्रति नेपाली जनतामा परेको ‘नकारात्मक छवि’ सुधारका दृष्टिकोणबाट समेत मोदी पुनः नेपाल भ्रमणमा आउन चाहेको हुनसक्ने सरकारी अधिकारीहरुको बुझाइछ ।आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।

तपाईको प्रतिक्रिया