काठमाडौं । प्राधिकरणले ग्राहकसँग करिब नौ अर्ब रुपैयाँ महसुल उठाउन सकेको छैन । त्यसमध्ये नगरपालिकाले तिर्नुपर्ने सडकबत्तीको बक्यौता दुई अर्ब रुपैयाँ छ । सरकारी कार्यालयका १९ करोड रुपैयाँ  छ ।

सरकारी कार्यालयलाई एक साता समय दिएर बक्यौता तिर्न ताकेता गर्ने तयारी प्राधिकरणले गरेको छ । प्राधिकरणको ग्राहक तथा वितरण सेवा निर्देशनालयका लेखा प्रमुख टंक श्रेष्ठका अनुसार कुलेश्वर वितरण केन्द्रले ठूलो बक्यौता रहेका १० ग्राहकको लाइन काटेको छ ।

उनीहरूको बक्यौता २२ लाख ७२ हजार थियो । यसैगरी, रत्नपार्क वितरण केन्द्रले एक लाख एक हजार बक्यौता भएका कमला दुगड र ६३ हजार दुई सय रुपैयाँ भएको शारदा शेरचनको लाइन काटेको छ । झापाको अनारमनी वितरण केन्द्रले ४४ ग्राहकको लाइन काटेको छ । जसको बक्यौता ३६ लाख ७४ हजार रुपैयाा छ ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया