salim dhimal sahyogi hat

६ भाद्र, नरेन्द्र बस्नेत बेलबारी । मोरङको बेलबारी ४ का १२ बर्षीय बालक सलिम धिमालको उपचारका लागी अहिले सम्म देश तथा बिदेशबाट गरी ४ लाख बढी रकम संकलन भएको छ । ब्रेन टयुमर भएपछि उपचार खर्चको अभाबमा अस्पतालमा मृत्यु सँग जुधिररहेका समाचार बिभिन्न सञ्चारमाध्यायमहरुमा प्रकाशित भएपछि उनलाई सहयोग रकम जुट्न थालेको हो ।

खर्च अभाबमा उनको उपचार गर्न कठिनाई भएको समाचार प्रकाशित भएपछि उनी अध्यायनरत बेलबारी ४ को शिक्षा सन्देश इंग्लिस स्कुलले सम्पुर्ण शिक्षकहरुको एकदिनको तलब बापतको रकम र बिद्यार्थीहरुले खाजा खर्च कटाएर १ लाख रुपैया सहयोग गर्ने बिद्यालयका प्रिन्सिपल राजेश खत्रीले जानकारी दिएका छन ।

स्थानीय स्तरमा पनि लालभित्ति युवा समुहले रकम संकलन गरिरहेको छ । उनको उपचारका लागी खोलिएको खातामा अहिले सम्म ३ लाख बढी रकम संकलन भएको छ भने बिदेशबाट पनि ६० हजार रकम संकलन भएको लालभित्ति युवा समुहका कार्यक्रम संयोजक तुलसी प्रसाद ढकालले जानकारी दिएका छन ।

शनिबार बिहान सिटी सफारी संघ बेलबारीले पनि उनको उपचारका लागी ७ हजार ३ सय रकम सहयोग समितिलाई हस्तान्तरण गरेको छ । धिमालको अबस्था सामान्य हुन थालेको जानकारी प्राप्त भएको छ । उनी सामान्य हात सम्म चलाउने सक्ने भएको परिवारिक स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया