bhatbhateni samagri nasta dharan

६ भाद्र, धरान। अनुगमनक क्रममा सुनसरीकाे धरानस्थित भाटभाटेनीबाट फेला परेका म्याद गुज्रिएको समाग्रीहरू अनुगमन टोलीले साेमबार नष्ट गरेको छ ।  अनुगमनका क्रममा भाटभाटेनीबाट १ लिटरको बाेतलमा रहेको फेन्टा ४ वटा, अढाइ लिटरको ४ वटा र आधा लिटरको १ वटा, १८ बोटल ५ सय एमएमलका स्प्राइट,५ सय एमएलका २० वटा, एक लिटरका १० र २ सय ५० एमएलका ३ वटा कोकाकोलाको बोतल म्याद गुज्रिएको पाइएको थियो ।

 यस्तै ५ सय एमएलका ४३ वटा सोडा पानी, ५ सय एमएलकै २६, २ सय ५० एमएलको बोतलम रहेको पेप्सी ९ वटा फेला पर्नुका साथै विभिन्न व्राण्डका २ सय २४ पिस चकलेट समेत भेटिएको थियो । म्याद गुज्रिएका र ताजा सामाग्री एकै ठाउ राख्न नपाइने भएपनि भाटभाटेनीले अनुगमनका क्रममा दुवै एकै गोदामा राखेको पाइएकोले अाइतबार शिलबन्दी गरी आज नष्ट गरिएको प्रशासकीय अधिकृत खतिवडाले जानकारी दिनुभयो ।

घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रशासन कार्यालय, पशुसेवा कार्यालय, क्षेत्रीय कृषि विकास कार्यालय, नापतोल क्षेत्रीय कार्यालय विराटनगर, खाद्यान्न  प्राविधि कार्यालय विराटनगर, धरान उपमहानगरपालिका कार्यालयको संयुक्त टोलीले अाइतबार धरानका विभिन्न स्थनमा रहेका व्यवासायिक प्रतिष्ठानहरुमा अनुगमन गरेको थियो ।

 

तपाईको प्रतिक्रिया