Rio Olympics Closing Ceremony

६ भाद्र, काठमाडौ । गृष्मकालिन ओलम्पिक खेलकुदको ३१ औं संस्करण ब्राजिलको रियो दि जेनेरियोमा भब्यताका साथ सम्पन्न भएको छ ।६ दिन सम्म भएको सबै भन्दा ठुलो प्रतियोगितामा अमेरिकाले ४६ स्वर्ण पदकको साथमा कुल १२१ पदक जितेर आफनो दबदबा कायम गरेका छ । यस्तै बिट्रेन दोस्रो स्थानमा र चीनले तेस्रो स्थान बनाएको छ ।

यसैबिच ब्राजिलको मराकाना रंगशालामा आयोजित भव्य समारोहका बिच रियो ओलम्पिकको औपचारिक समापन भएको हो । समापनमा कार्यक्रममा लेटिन अमेरिकी सभ्यता र संस्कृती झल्कने विभिन्न प्रस्तुतीको आयोजना गरि शान्ती पुर्ण तरिकाले सम्पन्न भएको छ ।

पछिल्लो समय ब्राजिलमा बढ्दो आर्थिक संकट, प्राणघातक जिका भाईरसको प्रकोपका साथै ईस्लामिक विद्रोहको प्रभावहुदाँ हुदै पनि शान्तिपुर्ण तरिकाले ३१ औं ओलम्पीक संस्करण समापन भएको छ ।

ब्राजिलले यस ओलम्पपीमा झण्डै ११ हजार खेलाडी, ८ हजार पदाधिकारी, ५ हजारभन्दा बढी खेल पत्रकार र लाखौं खेलप्रेमी दर्शकहरुको उपस्थित रहको बताईको छ ।

यस्तै ओलम्पिक समापन अवसरमा ब्राजिलियन आयोजकहरुले अन्तराष्ट्रिय ओलम्पिक कमिटि आईओसीको रोहवरमा अर्को ओलम्पिक आयोजक राष्ट्र जापानलाई ओलम्पिक टर्च हस्तान्तरण गरेको छ ।अब सन् २०२० मा हुने ओलम्पिक खेलकुद जापानको राजधानी टोकियो शहरमा हुनेछ ।

 

तपाईको प्रतिक्रिया