inaruwa hospital modification1

इनरुवा भाद्र ६ /इनरुवा अस्पतालले सेवा सुविधा थप गर्दै सुदृढिकरणको पाटोलाई अघि बढाउने निर्णय गरेको छ ।परिस्कृत सेवा सहितको पूर्वाधार सम्पन्न अस्पताल निर्माणमा भैरहेका पहलकमदी बारे जिल्ला स्वास्थ्य प्रमुख दिल्लीरमण अधिकारीले सरोकारवालाहरुलाई जानकारी गराउनु भयो ।

प्रमुख जिल्ला अधिकारी मोहन चापागाई सहित जिल्ला स्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनीधि सम्मिलत भेलामा इनरुवा अस्पतालको सुदृढिकरणका लागि संचालन गर्न लागिएका कार्यक्रम बारे जानकारी गराइएको थियो ।

इनरुवा अस्पतालले सुदृढिकरण कार्यक्रम अन्र्तगत एक्सरे, ल्याब, अल्ट्रा साउण्डको चुस्त व्यवस्था मिलाउने, एचआइभीको औषधीको उपलब्धता इनरुवा अस्पतालबाटै मिलाउने, व्यवस्थित प्रशुति गृहका साथै ५० बेडको अस्पताललाई मुख्य प्राथमिकतामा राखेको छ ।कार्यक्रममा अस्पतालले वर्षभर विभिन्न शिर्षकमा भएका खर्च विवरण समेत सार्वजनिक गरेको थियो ।

तपाईको प्रतिक्रिया