७ भाद्र, दुहबी । सोमबार राति सुनसरीको दुहबीभलुवा नगरपालिका–४ स्थित कोसी राजमार्गमा  नम्वर नखुलेको सवारी साधनको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । को ३ प ८३९९ नम्बरको मोटरसाइकललाई  ठक्कर दिँदा मोटरसाइकल चालक दुहबी १० बस्ने ३५ वर्षीय काशीराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।ठक्कर दिएर फरार भएको सवारी साधन कार वा अन्य सानो सवारी साधन रहेको हुनसक्ने सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । ठक्कर दिने सवारीसाधनको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया