manasik rogi inaruwa kosh-khada1

भाद्र ७ इनरुवा /मानसिक सन्तुलन गुमाएकाहरुको उपचारलाई लक्षित गरी सुनसरीमा विशेष कोष खडा गरिने भएको छ ।कोषको रकम विशेषगरी मानसिक सन्तुलन गुमाएका विपन्न तथा परिवार विहीन भएका महिलाहरुका सवालमा खर्च गरिने छ ।

महिला तथा बालबालिका कार्यालय सुनसरीले कोषको आवश्यता महसुस गरी सोको पकलकालागि डाकेको समन्वय समितिको वैठकमा छुट्टै कोष खडा गर्ने सहमति बनेको हो ।प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कोष खडा गरी सोको लागि आवश्यक रकम जिल्ला स्थित सरकारी कार्यालयका साथै जिल्लामा कार्यरत गैर सरकारी संस्थाहरुले उपलब्ध गराउने निर्णय भएको महिला तथा बालबालिका कार्यालय प्रमुख रश्मि श्रेष्ठले जानकारी दिनुभयो ।

महिला हिंसामा परेकाहरुका साथै मानसिक सन्तुलन गुमाएकाहरुको उपचार र आवश्यक्ता अनुरुप पूर्नवास कार्यक्रममा कोषको स्थापना महत्वपूर्ण सावित हुने सरोकारवालाहरुको ठहर छ । भेलाले एकद्धार संकट व्यवस्थापन केन्द्र इनरुवाको रेखदेखमा रहेकी हिंसा पीडित तथा मानशिक सन्तुलन गुमाएकी एक किशोरीको थप उपचारकालागि काठमाण्डौंमा रहेको कोशिश नामक संस्थालाई जिम्मा दिने निर्णय समेत गरेको छ ।

तपाईको प्रतिक्रिया