jilla prasasan karyalay sunsari1
भाद्र ७ इनरुवा /बालविवाह तथा हिंसाका घटनाले प्रश्रय पाउनुमा मुस्लिम अगुवा मोल्वी र मौलानाहरुको महत्वपूर्ण हात रहेको भन्दै सुनसरी प्रशासनले जिल्ला स्थित रहेका मदरसाका मोल्वी र मौलानाहरुलाई सचेत गराउने निर्णय गरेको छ ।

मुस्लिम बाहुल्यता रहेको सुनसरीको दक्षिणी भेगमा सचेतना कार्यक्रमका बाबजुत वालविवाह र महिला हिंसाका घटनामा कमी आउन नसकेको सुनसरी प्रशासनको ठहर छ ।प्रमुख जिल्ला अधिकारी मोहन चापागाईको संयोजकत्वमा बसेको सरोकारवालाहरुको बैठकले बालविवाह र हिंसाका घटनाको स्थानीय तहमै ढाकछोप हुने परिपाटीका कारण न्यूनिकरणका प्रयास सार्थक बन्न नसकेको निसकर्ष निकालेको हो ।

भद्र भलादीका तवरमा मोल्वी मौलानाको निर्णय गाउँवासीका लागि बाध्यकारी बन्ने भएकाले कानुन उल्लँघन हुने खालका कृयाकलाप हुन नदिन सम्वन्धित पक्षलाई सचेत गराउन लागिएको सुनसरी प्रशासनले जनाएको छ । ।स्थानीय तहमै घटना मिलाउने परिपाटी बढ्दै जाँदा पहुँचवालले रकमको चलखेल समेत गर्ने गरेको जनगुनासो बढ्न थालेकाले त्यसतर्फ समेत ध्यानाकर्षण भएको प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया