trump

एजेन्सी। रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपतिको उम्मेदवार डोनाल्ड ट्रम्पले अफ्रिकी–अमेरिकी समुदायको जीवनस्तर युद्धग्रस्त क्षेत्रभन्दा पनि अमेरिकामा निम्नस्तरको भएको बताएका छन् ।

यस समुदायका मानिस निकै गरिवीयुक्त जीवन बाँचेको भन्दै आफू चिन्तित भएको उनले बताएका छन् । युद्ध क्षेत्रमा रहेका व्यक्तिको भन्दा पनि अफ्रिकी–अमेरिकीको जीवनस्तर खतरनाक भएको उनले भनाई छ ।

ओहायोमा आयोजित एक र्यालीमा राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले यस्तो बताएका थिए ।आजको अन्नपूर्ण पोस्टदैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया