khemraj-gurung

८ भाद्र, काठमाडौं /  चर्चित लोकगायक खेमराज गुरुङ अस्पताल भर्ना भएका छन् । उनलाई चाबहिलस्थित मेडिकेयर अस्पतालमा उपचार भइरहेको छ । लिभरमा गम्भीर समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन् । उनलाई आईसियुको १ नम्बर बेडमा राखेर उपचार गरिएको छ । चिकित्सकले लिभरमा जटिलता देखिएकाले यहाँ सम्भव नभए बाहिर उपचारका लागि लैजान परिवारलाई सल्लाह दिएको गीतकार विपिन किरणले जानकारी दिए ।

 बुधबार बिहान ६ बजेदेखि उनलाई भेट्न दिइए पनि चिकित्सकले परिवारका बाहेक अरुलाई भेट्न रोक लगाएको छ । ‘वारि जमुना पारि जमुना, जमुनाको फेदैंमा मनकामना…’ बोलको गीत गाएर चर्चित भएका गुरुङले सयौं लोकगीत गाएका छन् । मिडिया एनपीबाट

 

तपाईको प्रतिक्रिया