काठमाडौ ।भागबन्डा नमिल्दा कांग्रेसले बुधबार पनि पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम छनोट गर्न सकेन । सभापति शेरबहादुर देउवाले बुधबार मन्त्रीको टुंगो लगाउने बताएका थिए । तर, नेता रामचन्द्र पौडेल पक्षले मागेजति भाग नपाएको भन्दै नाम नदिएपछि टुंगो लाग्न सकेन ।

पार्टीको भागमा परेका १३ मध्ये पााच मन्त्री र चार राज्यमन्त्री आफूले पाउनुपर्ने पौडेल पक्षले माग गरेको छ । तर, सभापति देउवाले चार मन्त्री र दुई राज्यमन्त्री मात्र दिने भनेपछि सहमति हुन सकेको छैन । देउवाले मंगलबार साँझ उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिलाई पौडलनिवास बोहराटार पठाएका थिए ।

‘मंगलबार सााझ चार मन्त्री र दुई राज्यमन्त्री दिने प्रस्ताव लिएर उपप्रधानमन्त्री विमलेन्द्र निधि निवासमा आउनुभएको थियो, त्यो प्रस्ताव ठाडै अस्वीकार गर्नुभयो,’ पौडेलको भनाइ उद्धृत गर्दै उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले भने, ‘सभापति विधि र पद्धतिअनुरूप चल्नुपर्‍यो । यो प्रस्ताव मान्न सकिन्न ।’

पौडेलले बुधबार बिहान आठ बजे आफूपक्षीय केन्द्रीय सदस्यहरूको भेला राखेका थिए । भेलामा पौडेलले सभापतिको प्रस्ताव सुनाएपछि स्विकार्न नसकिने नेताहरूले बताएका थिए । अपराह्न चार बजे पौडेलनिवास बोहराटारमा बसेको उनी पक्षका केन्द्रीय सदस्यसहित सभासद्हरूको भेलाले सम्मानजनक सहभागिताविना सरकारमा नजाने निर्णय गरेको थियो ।

भेलामा सहभागि केन्द्रिय सदस्य बलबहादुर केसीले सम्मानजनक नभए सरकारमा सहभागि नहुने बताए । ‘सम्मानजनक सहभागिताविना हाम्रो पक्ष सरकारमा सहभागि नहुने निर्णय भएको छ,’ केसीले नयाँ पत्रिकासंग भने ‘हामीले कम्तिमा ५ मन्त्री र ४ राज्य मन्त्री मागेका छौ, त्यति नपाए जादैनौ र कार्यसमितिको निर्णय र पार्टीमा सहमति भएर नाम जादैन ।

सभापतिले एकलौटी रुपमा नाम पठाउने विषय अर्को भयो ।’तर, सस्थापन पक्षका नेताहरुले संसदीय दलको निर्वाचनमा पौडेलले पाएको मतको आधारमा मन्त्रालय दिनुपर्ने बताएका छन् । सभापतिले मिलाएर लैजान खोज्दा पौडेल पक्षले अनावस्यक दवाव दिन खोजेको पनि सस्थापन पक्षको आरोप छ ।अाजकाे नयाँ पत्रिकामा समाचार छ ।

 

तपाईको प्रतिक्रिया