काठमाडौ  । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संबिधान संशोधन प्रस्तावमै आफ्नो स्वामित्व खोज्दै संयुक्त कार्यदल गठन हुनुपर्ने निष्कर्ष निकालेको छ ।

आफूहरूको सहभागितामै संविधान संशोधन विधेयक तयार पार्नुपर्ने भन्दै मोर्चाले आफू र सरकार पक्ष संलग्न संयुक्त कार्यदल गठन हुनुपर्ने निर्णय गरेको हो ।

तराई मधेस लोकतान्त्रिक पार्टीको बिजुलीबजारस्थित कार्यालयमा बुधबार बसेको मधेसी मोर्चाको बैठकले संयुक्त कार्यदल गठन गरी त्यसले दिएको सुझावअनुसार संबिधान संशोधन हुनुपर्ने ठहर गरेको छ ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाका अनुसार कांग्रेस, नेकपा माओवादी केन्द्र र मोर्चा\संघीय गठबन्धनबीच भएको तीनबुँदे सहमतिअनुसार यथाशीघ्र संविधान संशोधन विधेयक व्यवस्थापिका संसद्मा दर्ता गर्नुपर्ने निर्णय बैठकले गरेको छ । अाजकाे राजधानीमा समाचार छ ।

 

तपाईको प्रतिक्रिया