Inaruwa-lions-club
इनरुवा भाद्र ९ /बिराटनगर मोरङ लायन्स क्लबले इनरुवा अस्पतालका विरामीलाई लक्षित पानी छान्ने फिल्टर र सिलिङ पंखा उपलब्ध गराएको छ ।
अस्पताल परिषरमा बिहीबार एक कार्यक्रमवीच क्लबका अध्यक्ष डा. बालकृष्ण साहले जिल्ला जनस्वास्थ्य प्रमुख दिल्लीरमण अधिकारी र अस्पताल विकास समितिका अध्यक्ष दाताराम पोखरेललाई ती सामग्रीहरु हस्तान्तरण गर्नुभयो ।
इनरुवा अस्पतालमा समेत चिकित्सकका रुपमा लामो समय सेवा गरेका डा. साहको पहलमा अस्पतालमा आवश्यकिय साम्रागी उपलब्ध गराइएको हो ।लायन्स क्लब अफ इन्टरनेशनल स्थापनाको १ सयौं वर्षको अवसरमा बिराटनगर मोरङ लायन्स क्लबले १ सय २० दिने कार्यक्रम संचालन गर्दै आएको छ ।क्लबले हरेक दिन छुट्टा छुट्टै कार्यक्रमको आयोजना गर्दै आएको जनाएको छ ।

तपाईको प्रतिक्रिया