खाडी मुलुक र मलेसिया जानेबाट बढीमा १० हजार रुपैयाँसम्म लिन पाइने सरकारले नियम बनाएको सुनेपछि सोलुखुम्बुको गोली कपतीका सोनाम शेर्पाले वैदेशिक रोजगारीमा जाने निर्णय गरे । गाउँमा कुनै अवसर नपाएका शेर्पाले साउदी जान रातोपुलस्थित केपी इन्टरनेसनल मेनपावरमा पासपोर्ट बुझाएलगत्तै गत भदौ २१ गते भिसा लाग्यो । पासपोर्टमा भिसा लागेपछि सोनाम विदेश जान पाइने आसले पटकपटक मेनपावर कम्पनी धाइरहे । तर, कम्पनीले साउदी जान एक लाख २० हजार रुपैयाँ चाहिने नभए पठाउन नसकिने जवाफ दिएपछि सोनामको इच्छा पूरा हुन सकेको छैन् । गत असार २१ देखि खाडी मुलुक र मलेसिया जाने युवायुवतीसँग् १० हजार रुपैयाँभन्दा बढी लिन नपाइने सरकारी नियमका कारण यतिखेर सोनामको वैदेशिक रोजगारी अनिश्चित बनेको छ । सोनामले सरकारी नीति अनुसार नै १० हजार रुपैयाँ तिर्न खोजेपछि केपी इन्टरनेसनलले अहिले आएर रोजगारदाता कम्पनी खराब परेको भन्दै भिसा रद्द गरेर पासपोर्ट फिर्ता लिन दबाब दिइरहेको उनले बताए । नागरिकमा खबर छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भैरहवा-परासी हुलाकी राजमार्ग खण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु
जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको यात्रुसहितको बस भैरहवा-परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको ...
गाँजा तस्करीको सहज रुट बन्दै कोशी नदी
गाँजा तस्करी गर्नेहरुकालागि सप्तकोशी नदीको वहाव सहज रुटका रुपमा देखिएको छ । प्लाष्टिकका बोरामा पोको पारी लुकाएर नदीको वह...
पालिका प्रमुख ज्यु एसो गरे कसो होला ?…
देशभरका ७५३ स्थानीय तहले अहीले नया जनप्रतिनिधि पाउने संघारमा रहेको छ। जस मध्ये कतिपय स्थानिय तहले नव निर्वाचित जनप्रतिनि...
देश भरीकै ७५३ स्थानीयतहमा शान्तिपुर्ण मतदान हुँदै
स्थानीयतह निर्वाचन २०७९ का लागि ७५३ वटै स्थानीयतहका १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्र बिहान ७ बजे बाट छ...
चुनाव लड्न पासमानले दिए दलित सरोकार मञ्चबाट राजीनामा
कञ्चनपुर। सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं.८ स्थित दलित सरोकार मञ्च नेपाल सप्तरीका कार्यकारी निर्देशक भोलाकुमार पासमान...
कंचनरुपमा कम्प्युटर हार्डवेयर तालिम
कञ्चनपुर। घरकै कामकाजमा सिमित महिला र वेरोजगार युवालाई सीप विकासको लागि असार मसान्तमा मात्रै होइन बाह्रै महिना तालिम पाउ...