Uprathi Brik6aropan

१४ भदौ ,  दिलिप साह राजविराज । राष्टिूय विकास तथा सुरक्षा महानिर्देशनालयका महानिर्देशक उपरथी हरिबहादुर बस्नेतले सप्तरीको पन्सेरा गाविस-६ अमाहा स्थित राष्टूपति चुरे तराई मधेश संरक्षण विकास कार्यक्रम अन्तर्गत सोमबार बृक्षारोपणको निरीक्षण तथा अवलोकन गरी बृक्षारोपण गर्नु भएको छ ।

स्थलगत अवलोकन गर्दै उपरथी बस्नेतले आँपको बिरुवा समेत रोप्नु भएको छ । भ्रमणमा सहभागी श्री नं. १ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी सुवर्णबहादुर शाह र श्री नम्बर १ वन तथा पर्यावरण सुरक्षागण सिन्धुली रानीबासका गणपति किरण राणाले पनि वृक्षारोपन गर्नु भएको छ ।

भ्रमणका क्रममा चु्रेभावर र प्रकृति संरक्षणमा सकृय सहभागिता रहदै आएका नेपाली सेनाले चुरे क्षेत्रलाई पुरै हरियाली बनाउने लक्ष्यका साथ पहिलो र दोस्रो गरी दुई चरणमा एक लाख ६५ हजार ८२३ वटा विभिन्न प्रजातीको विरुवाहरु रोपेको श्री नम्बर १ वन तथा पर्यावरण सुरक्षागण सिन्धुलीका क गण अमाहाका सह सेनानी हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।

भु-क्षय, बाढी, पहिरो, मरुभूमीकरणबाट जोगाउने उद्देश्यले अमाहाको चुरेक्षेत्रको २३५ हेक्टर खाली जग्गा मध्ये २०० हेक्टरमा पहिलो चरणमा एक लाख एक हजार ७०४ र दोश्रो चरणमा ६२ हजार ६१९ वटा विभिन्न प्रजातीको विरुवा गरी कूल एक लाख ६५ हजार ८२३ रोपिसकेको उहाँले जानकारी दिनुभयो ।

बि.स. २०७२ असार २ गते राष्टूपति चुरे तराई मधेश संरक्षण विकास कार्यक्रम अन्तर्गत तत्कालीन राष्टूपति डा. रामवरण यादवले वृक्षारोपन शुभारम्भ गर्नु भएको सो क्षेत्रमा अहिले खयर, अमला, गमहरी, मसला, बास, टिक, सिरिस, मगहनी, सनी, हर्रो, बर्रो, अर्जुन, निम, अम्रिसो, साल, बाँसपति, बकाइनो, आँप, सिमल, अशोक, सिसौ, सतिशाल, र तेजपात जातका विरुवा रोपिसकेको बताउनुभयो ।

श्री नम्बर १ वन तथा पर्यावरण सुरक्षागण सिन्धुलीको अगुवाई तथा सो अन्तर्गत वन तथा सुरक्षागण अमहा सप्तरीको संरक्षण तथा जिल्ला वन कार्यालयको समन्वयमा गरिएको बृक्षारोपनको अवलोकन गर्दै उपरथी बस्नेतले चुरे क्षेत्रको माटोलाई जोगाउनका लागि वृक्षारोपन अति आवश्यक रहेकोले यसलाई आरक्षित भन्दा संरक्षित जङ्गलको रुपमा रुपान्तर गरी लानु पर्ने बताउनुभयो । यसको संरक्षण एकलै गर्न नसकिने भन्दै उहाँले स्थानीय समुदायसँग सहयोग, समन्वय र सहकार्य गरी अघि बढ्न निर्देशन समेत उहाँले दिनुभयो ।

सो अवसरमा जिल्ला वन कार्यालयका प्रमुख धीरेन्द्रप्रसाद सिंहले नाङिगदै गएको यस चुरे क्षेत्रमा बाघ देखिन थालेपछि मात्र चुरेको संरक्षण भएको महशुस हुने बताउनुभयो । उहाँले वन्यजन्तु र जैविक विविधताको संरक्षण गर्न नसकिए भविष्यमा भयावह विपद संकट आउने बताउनुभयो ।

जिल्ला वन कार्यालय सप्तरीका प्राविधिक सुमनकान्त झाको प्रत्यक्ष रेखदेखमा रोपिएका विरुवाको अल्पकालीन र दीर्घकालीन संरक्षणको व्यवस्थाको आवश्यक रहेको स्थानीयहरुले बताएका छन । सो क्रममा सहभागी पन्सेरा गाविस(२ अमहाका समाजसेवी मो. अल्लाउदिनले भन्नुभयो, यस क्षेत्रमा विरुवा रोपेर संरक्षण गरेकोमा हामी धेरै खुशी छौ, यो हाम्रो सम्पति हो, र यसको दीर्घकालीन संरक्षण चाहिन्छ ।

तपाईको प्रतिक्रिया