rasifal
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
पहिलेका निर्णयले काममा समस्या निम्त्याउन सक्छ। परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। बेलैमा सजग नबन्दा व्यवहारमा दुःख पाइनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। अरूको सुझावमा भर नपर्नुहोला। महत्वाकांक्षी योजना पनि तत्काल सार्वजनिक नगर्नुहोला। परिवारजनको सहयोग लिँदा सामान्य लाभ उठाउन सकिनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा कामको चाप बढ्न सक्छ। चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
आँटेको काममा सानोतिनो समस्या आउन सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन्। काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन्। काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। पुरानो हिसाबकिताबले पनि विवाद निम्त्याउन सक्छ, सजग रहनुहोला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ। योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्। खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिएला। सहयोगीहरू कमै भेटिनेछन् भने फुर्सदिलाहरूले अलमल्याउन सक्छन्। थोरै आर्जनमा चित्त बुझाउनुपर्ला। सामान्य विषयको ज्ञान लिन निकै मेहनत गर्नुपर्ने समय छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। जरिवानामा परिने सम्भावना छ। छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ। तापनि, प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ। व्यवसायमा लगानी बढाउनुपर्ला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
विभिन्न भौतिक साधनहरू जुट्नेछन् र लाभ हुने काम प्रारम्भ गर्ने समय छ। साझेदारीमा पनि फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनाले प्रसन्नता मिल्नेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
प्रतिष्ठित काम गर्ने मौका छ। मातापिताको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम सम्पादन गर्ने समय छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
कमजोरीले चिन्ता बढाउन सक्छ। बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। श्रम गरीकन चिताएको मूल्य प्राप्त नहुन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने परिस्थितिले पनि अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्, फाइदाका लागि गोपनीयतामा ध्यान पुर्याउनुहोला।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहनेछ। पहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। मुख्य काममा बाधा हुने देखिन्छ। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला। सहयोगीहरूको भरपर्दा चिताएको काम नबन्न सक्छ, सजग रहनुहोला। सवारीमा पनि सावधानी अपनाउनुहोला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन रमाइलो रहनेछ। केही आम्दानी पनि बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। आतिथ्यपूर्ण सम्मान पाइएला। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ। विवादबाट टाढै बस्नुहोला। सोचेजति लाभ भने नमिल्न सक्छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइएला। सद्विचार लिनेहरूका लागि समय उत्साहजनक रहनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
विभिन्न अवसर देखिए पनि आलस्य गर्दा पछि परिएला। योजना कार्यान्वयनमा ल्याउन विलम्ब हुनेछ। प्रतीक्षा गरिएको विषयमा सोचेको परिणाम प्राप्त नहुन सक्छ। गुरुजनको सहयोगले रोकिएको काम बन्न सक्छ। धेरै समय दिन नसकिए पनि पढाइलेखाइमा केही उपलब्धि हासिल हुनेछ। मेहनत गर्दा फाइदा उठाउन सकिनेछ, गोपनीयतामा ध्यान पुर्याउनुहोला।-नेपालिपात्रो

तपाईको प्रतिक्रिया