Rupaidiha-pic-e1411624488710-300x276

१७ कात्तिक, बाँके । बाँकेको रुपैडिया नाका यातायात सुचारु भएको छ । सोमबार बिहानदेखि सवारी आवतजावतमा लगाइएको रोक साँझदेखि सञ्चालमा आएको छ । माथिको आदेश भन्दै भारतीय सीमा सुरक्षा बल एसएसबीले सोमबार बिहान पौने ११ बजेदेखि चार पाङग्रे सवारी साधनका अतिरिक्त रिक्सा टागा र मोटर साइकलको आवत जावतमा रोक लगाएको थियो।

सोमबार राति साढे आठ बजेबाट नाका खुलेको र नाका खुलेपछि सात ओटा मालबाहक सवारीका साथै एक हवाई इन्धनसहित आठ सवारी नेपाल भित्रिएका थिए ।

त्यस्तै मंगलबार बिहान सातवटा मालबाहक सवारी नेपाल भित्रएका बाँकेका प्रमुख जिल्ला अधिकारी बेदप्रकाश अधिकारीले जानकारी दिए ।
भारतीय अधिकारीहरुले माथिको आदेश आयो भने बन्द हुन्छ नत्र नाका सुचारु हुने बताएको पनि प्रजिअ अधिकारीले बताए ।

बेलहिया नाका ठप्प
यसैबीच भैरहवाको बेलहिया नाका भने पूर्ण रुपमा ठप्प रहेको छ । सोमबार बिहानदेखि ठप्प रहेको बेलहिया नाकाबाट अहिलेपनि कुनै सवारी आवतजावत गरेका छैनन् । सोमबार दिनभर नाका ठप्प रहे पनि साझँमा आठ वटा मालबाहक सवारी नेपाल भित्रिएका थिए ।

सोमबार नाका बन्द हुनभन्दा अघि ६७ वटा मालबाहक सवारी एउटा ग्यासको बुलेट र एउटा केमिकल बोकेको सवारी नेपाल भित्रिएका थिए ।अनकाइनखबरबाट

 

तपाईको प्रतिक्रिया