१७ कात्तिक, नुवाकोट । काठमाडौंबाट रसुवाको चिलिमे जाँदै गरेको बस मंगलबार दुर्घटना भएको छ । दुर्घटनामा धेरै यात्रु हताहत भएको आशङ्का गरिएको प्रहरीले जनाएको छ ।Rasuwa

राम्चे गाविस-३ ग्राङमा सडकबाट झण्डै दुई सय मिटर तल बस खसेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

सडकबाट यात्रुहरू बस र ढुंगाले थिचिएको देखिएको छ । उनीहरुको अवस्था भने एकीन नभएको नेपाल पत्रकार महासंघ रसुवाका सचिव ठाकुर अधिकारीले घटनास्थलबाटबाट जानकारी दिए । उनका अनुसार अहिले २० जना घाइतेलाई भिरबाट उद्धार गरेर सडकमा ल्याइएको छ ।

गम्भिर घाइतेहरुलाई काठमाडौं र सामान्यलाई जिल्ला सदरमुकाम धुञ्चे पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा सदरमुकाम धुन्चेबाट डिएसपी अवदेश विष्ट आफै पुगेर उद्धारमा खटिएका छन् ।

बस दुर्घटना भएको सडक चीनबाट इन्धन ल्याउन ट्याङ्कर हिँड्ने बाटो हो । घटनास्थल सदरमुकाम धुन्चेबाट १५-२० किलोमिटर टाढा पर्दछ ।अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया