Davendra-hisila-and-Ramchandra-jha

१६ कात्तिक, काठमाडौं । पूर्व नेता डा. बाबुराम भट्टराई समर्थक ४५ जना केन्द्रीय नेताहरुले सामूहिक राजीनामा दिएका छन् । नेता देवेन्द्र पौडेलको नेतृत्वको नेताहरुको टोलीले पार्टी कार्यालय पेरिसडाँडा पुगेर कार्यालय सचिव हितराज पाण्डे (उत्तम)लाई राजीनामा बुझाएका छन् ।

‘वैकल्पिक नयाँ धारको निर्माणका लागि पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छौं’ नेता रामरिझन यादवले अनलाइनखबरसँग भने ।

एमाओवादी परित्याग गर्नेमा देवेन्द्र पौडेल, हिसिला यमी, रामचन्द्र झा, नवराज सुवेदी, रामरिझन यादव, गंगा श्रेष्ठ, खिमलाल देवकोटा, रामकुमार शर्मा लगायत छन् । प्रभु साह भने आएका छैनन् ।

रामकुमार शर्माले अनलाइनखबरसँग भने, ‘अध्यक्ष प्रचण्डले पार्टीको नीति, एजेण्डा र वर्ग पनि छाड्नु भयो त्यसैले हामी नयाँ शक्ति बनाउने अभियानमा लाग्यौं ।’ उनले ४५ जनाको हस्ताक्षर रहेकाे पत्र बुझाइएको बताए ।

डा. भट्टराईले देशमा ‘नयाँ शक्ति’ आवश्यक रहेको भन्दै गत असोज ८ गते एमाअोवादी परित्याग गरेका थिए । त्यसलगत्तै देशब्यापी अन्तरक्रिया लगायतका कार्यक्रम सन्चालन गरेका थिए । ति कार्यक्रमहरूमा मंगलबार राजीनामा दिएका नेताहरू पनि सहभागी हुँदै आएका थिए ।अनलाइनखबरबाट

को-कोले छाडे एमाअोवादी पार्टी हेर्नुस् नामावली

Ucpnm Leaders Quits party 1

Ucpnm Leaders Quits party 2

– See more at: http://www.onlinekhabar.com/2015/11/345653/#sthash.EAgZW66A.dpuf

 

तपाईको प्रतिक्रिया