१६ भदाै । नेपाल टेलिकमले Festival Offer को रुपमा GSM Prepaid मोबाइल प्रयोगकर्ताहरुका लागि शुभ रात्री प्याकेज ल्याउने भएको छ । यो अफर राती ११ बजेदेखि विहान ५ बजेसम्म प्रयोग गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमले रु ४० महसुल दरको ५०० MB बराबरको Data Volume  ७ दिनका लागि र ८५ महसुल दरको १२०० MB बराबरको Data Volume  १५ दिनका लागि उपलव्ध हुनेछ ।उक्त अफर आगामी २०७३।०५।१८ देखि १५ दिन (२०७३।०६।०१) सम्म लागू हुने नेपाल टेलिकमले जनाएको छ ।

उपभोक्ताले ५०० MB Data Subscribe गर्नका लागि SPECIAL500MB र 1200 MB Data Subscribe  गर्नका लागि SPECIAL1200MB लेखेर १४१५ मा क्ःक् पठाउनु पर्नेछ । उपरोक्त महसुल दरमा नियमानुसार लाग्ने कर समावेश नगरिएको नेपाल टेलिकमले जनाएको छ ।

तपाईको प्रतिक्रिया