apple-tree-lg

एन एप्पल अ डे, किप्स डक्टर अवे अर्थात् दिनको एउटा स्याउ खाँदा डाक्टरको जानु पर्दैन भन्ने उखान छ । अब स्याउको गुदी मात्र होइन, बोक्राले पनि मानिसलाई निरोगी बन्न धेरै सहयोग पूराउने तथ्य पत्ता लागेको छ ।

शोधकर्ताहरुका अनुसार स्याउको बोक्राको नियमित सेवनलेे मोटोपना रोक्न धेरै सहयोग गर्दछ ।

स्याउको बोक्रामा हुने अर्सोलिक एसिडले जिउको क्यालोरी दहनलाई तिब्र बनाउने देखिएको छ जसका कारण बोसोको संचय कम हुने र मोटोपना घट्ने गर्छ ।

अमेरिकाको इओवा विश्वविद्यालयका शोधकर्ताहरुले मुसामा गरेको अध्ययनका क्रममा यस्तो पाइएको हो । जहाँ स्याउको बोक्राको खानेकुरा खुवाइएको मुसाको जिउमा क्यालोरीको दहन उच्च भएको पाइयो ।

स्याउको बोक्रामा हुने अर्सोलिक एसिडले जिउमा मांशपेशी तथा खैरो फ्याट बढाउँछ । यी दुवै चिजले जिउमा क्यालोरीको अधिक दहन गर्दछन् ।

अर्सोलिक एसिडले अस्थी मांशपेशीको मात्रा बढाउनुका साथै मोटोपना घटाउने र मधुमेह र कलेजोको रोगको जोखिम पनि कम गर्ने शोधकर्ताहरुको भनाइ छ ।अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया