काठमाडौं । नेपालस्थित भारतीय दूतावासले विना विभागीय मन्त्री सत्यनारायण मण्डलको ‘भारतले विना बर्दीका सेना पठाउन खोज्दैछ’ भन्ने अभिव्यक्तिको खण्डन गरेको छ ।

दूतावासले मंगलबार विज्ञप्ती जारी गर्दै मन्त्री मण्डलको उक्त भनाई उत्तेजक, आधारहीन र खराब नियतले आएको आरोप लगाएको हो ।

यस्तै दूतावासले यस्ताे अभिव्यक्तिले दुर्इ देशकाे सम्बन्ध बिग्रने चेतावनी समेत दिएकाे छ ।

‘मन्त्रीजस्तो जिम्मेवार पदमा बसेको व्यक्तिबाट आएको यस्तो टिप्पणीले नेपाल–भारतबीचको सौहार्दपूर्ण सम्बन्ध बिगार्न सक्ने सम्भावना छ’, विज्ञप्तीमा उल्लेख गरिएको छ ।

मन्त्री मण्डलले सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा भारतले नेपालको संविधानमा आफ्नो एजेण्डा समावेश नहुँदा बिना बर्दीको सेना पठाउने तयारी गरेको टिप्पणी गरेका थिए ।नेपालसंदेशबाट

तपाईको प्रतिक्रिया