srk-with-fan
बलिउड नायक साहरुख खानले उमेरको अर्धसतक पुरा गरेका छन् । मुम्बई बान्द्रास्थित आफ्नै बंगला मन्नतमा उनले आफ्नो जन्मदिन मनाएका छन् ।

साहरुखकी पत्नी गौरी खान, छोरा आर्यन र छोरी सुहानाले बर्थडे केक काटेका थिए । त्यसपछि घर बाहिर उभिएका प्रशंसकलाई उनले अभिवादन गरेका थिए । उनको घर बाहिर प्रसंसकहरुले रातभरसम्म आतिसबाजी गरेका थिए । आज दिनभर साहरुखको घर अगाडि प्रशंसकको ठूलो भिड लाग्नेछ ।

करिअरको सुरुवातमा साहरुखका लागि मुम्बई निकै बिरानो थियो । मुम्बईमा उनको टाउको अड्याउने ठाउँ समेत थिएन । थोरैलाई मात्रै थाह छ, साहरुखलाई बलिउडमा टिकाउन चलचित्र निर्माता एवं अभिनेता विवेक वासवानिले सहयोग गरेका थिए ।

सुरुमा साहरुख मुम्बईमा विवेककै घरमा बसेका थिए । धेरैसमय सम्म उनी त्यही घरमा बसे । यती सम्मकी पछि विवेकले उनलाई घरवाट भगाउने प्रयास पनि गरे । तर, सकेनन् । जुनकुरो उनले एक अन्र्तवार्ताको क्रममा भनेका थिए ।

साहरुख गैह्र फिल्मी परिवारका थिए, त्यसकारण उनलाई मुम्बई बिरानो थियो । मुम्बई नै बिरानो भएका ब्यक्तिका लागि बलिउडमा करिअर अगाडि बढाउनु भनेको टाढाको विषय थियो ।

साहरुखले दुरदर्शनवाट प्रशारण हुने टीभी सिरियल ‘फौजी’ वाट करिअर सुरु गरेका थिए । ‘फौजी र सर्कस’ प्रशारण भएपछि दर्शकको विचमा उनले पहिचान बनाएका थिए ।

उनलाई पहिलो पटक हेमा मालिनीको चलचित्र ‘दिल आशना है’ मा दिब्या भारतीको अपोजिटका लागि कुरा गरेकी थिइन् । जुन चलचित्रका निर्देशक नयाँ अनुहारको खोजीमा थिए ।

विवेकले नै साहरुखलाई उक्त चलचित्रको निर्देशकसँग परिचित गराएका थिए र साहरुख चलचित्रका लागि छनौट भए । चलचित्रमा अभिनय पनि गरे । तर, यो चलचित्र भन्दा पहिला रिलिज भयो ‘दिवाना’ ।

‘दिवाना’ बक्स अफिसमा सुपरहिट मात्रै भएन, यही चलचित्रवाट बलिउडमा एङ्ग्री हिरोको सुरुवात भयो । त्यसपछि रिलिज भयो ‘दिल आशना है’ तर, ब्यापारमा कुनै उत्साह थप्न सकेन ।

‘दिल आसना है’ भन्दा पहिला ‘दिवाना’ रिलिज हुनुले उनको भाग्य चम्केको हो भन्नेहरु धेरै छन् । त्यसपछि प्रदर्शन भएको ‘बाजिगर’ र डरले साहरुखलाइ बलिउडमा स्थापित गरायो ।

बाँदरको भुमिका निर्वाह गरे
दिल्लीमा सन् १९६५, २ नोभेम्बरमा उनको जन्म भएको थियो । उनको वाल्यकाल सामान्य मान्छे सरह बितेको थियो । उनका बुबा मिरताज मोहम्मदको सामान्य ब्यापार थियो । दिल्लीमा रहेको सेन्ट कोलम्बस स्कुलमा पढेका साहरुखको सानैदेखि खेलकुद र अभिनयप्रति रुची थियो ।  अभिनयप्रति उनी यती क्रेजी थिए कि दिल्लीमा हुने रामलीलामा बाँदरको भुमिका निर्वाह गर्थे ।

चलचित्रमा काम गर्ने इच्छा थिएन
सुरुमा साहरुखले चलचित्रप्रति रुची देखाएका थिएनन् । उनकी प्रेमिका गौरीलाई अभिनय त्यती मन पर्दैन थियो । त्यसकारण साहरुखले साथीहरुसँग भन्ने गर्थे ‘मेरो प्रेमिकालाई चलचित्रमा काम गरेको मन पर्दैन त्यसकारण म चलचित्रमा काम गर्दिन । तर, टीभीमा काम गर्ने उनको रहर थियो ।

रोमान्सका वादशाह
आमाले दिएको ५० रुपैयाँ बोकेर मुम्बई छिरेका साहरुख आज बलिउडको वादशाह बनेका छन् । साहरुखको हातमा चलचित्रको कुनै कमी छैन । चलचित्र ‘दिलवाले दुल्हनिया ले जायंगे’, कुछ कुछ होता हे’, कभी खुशी कभी गम, चल्ते चल्ते’ जस्ता चलचित्रले उनलाई रोमान्सका वादशाह बनाइदियो । साहरुख खान आज भारतमा मात्र नभएर विश्वमै ब्रान्ड बनेका छन् ।

दोश्रो धनी कलाकार
मुम्बईमा दिल्लीबाट ५० रुपैयाँ बोकेर आएका बलिउडका वादशाह साहरुख आज विश्वकै दोश्रो धनी कलाकार हुन् । उनीसँग ६०० करोड डलर सम्पत्ती छ ।

पत्नी र ३ सन्तानका साथ साहरुख ‘मन्नत’मा बस्दै आएका छन् । जन्मदिनमा साहरुखलाई उनका हजारौ प्रशंसकले शुभकामना दिइरहेका छन् । उनलाई शुभकामना दिन विश्वबाट उनका फ्यानहरु ‘मन्नत’ अगाडि हिजो बेलुकीदेखि नै जम्मा भएका थिए । साहरुखले पनि फ्यानहरुलाई मध्यरातमा आएर अभिवादन गरे ।

बलिउडमा उनलाई ‘वादशाह, किङ खान, एसआरके, साह भाई’ लगायतका नामले बोलाइने गरिन्छ । उनलाई उनका फ्यान ‘वादशाह, किङ खान’ले बोलाउछन् । बलिउडमा विगत २३ बर्षदेखि साहरुखले राज गरिरहेका छन् ।अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया