narshing petrol3
१९ भाद्र, अमर काफ्ले सुनसरी/ सुनसरीको नरसिंह ३ स्थित धानखेतमा पेट्रोलिमय पदार्थ जस्तै देखिने वस्तु तैरिरहेको विषयलाई लिएर सुनसरी प्रशासनले गृह मन्त्रालयमा पत्राचार गरेको छ ।सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी चण्डेश्वर पोखरेलले धानबारीमा भेटिएको वस्तु पेट्रोलियम पदार्थ भएको स्थानीयको दावी मुताविक मन्त्रालयमा जानकारी गराइएको बताउनु भयो ।

narshing petrol4
धान गोड्ने क्रममा स्थानीयहरुले खेतमा पेट्रोलियम पदार्थ जस्तो वस्तु तैरिएको देखेपछि हल्ला फैलिएको थियो ।जिल्लास्थित सुरक्षा निकाय र स्थानीय प्रशासनको टोलीले स्थानीयको दावीलाई निराधार मानेपनि हल्ला फैलिँदै गएपछि स्थानीयको आशंकाका आधारमा पत्राचार गरिएको प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया