jankalar sammanit  belbari koshiharaicha

२० भाद्र, नरेन्द्र बस्नेत बेलबारी । जनकलाकार गोपाल नेपाल सम्मानित भएका छन । मोरङको कोसीहरैचास्थित बिराटचौकमा बिराटकला समुहले आईतबार आयोजना गरेको तिज बिशेष कार्यक्रममा नेपाल सम्मानित भएका हुन ।

बिराट कला समुहको संस्थापक उपाध्यक्ष समेत रहेका नेपाल र सदस्य रहेका ताराबीर घिमिरेलाई कार्यक्रमका प्रमुख अतिथि कलाकार सरिता लामिछानेले दोषल्ला र सम्मानपत्र सहित सम्मानित गरेकी छिन ।

पछिल्लो समय मोरङको बेलबारीमा हिमाल छापाखाना सञ्चालन गरिरहेका नेपाल गायनमा समेत सक्रिय रहेका छन । केही समयअघि मात्र उनको स्वरमा “बज्नै छाडयो पञ्चेबाजा” बोलको गित सार्बजनिक भएको थियो । जुन गितले सफलता समेत पाएको थियो । बिद्यार्थी कालदेखि नै गायनमा सक्रिय नेपाल जेबि टुहुरे लगायत सँग पनि लामो समय गायनमा सक्रिय भएका थिए ।

तपाईको प्रतिक्रिया