२० भदौ, इनरुवा  । नरसिङ १ का  मिश्रीलाल मण्डलको सुनसरी खोलामा बेपत्ता भएका दुई छोरीहरु मध्ये ८ बर्षीया छोरी मनिता मण्डलको शव दक्षिण हरिनगरामा आज फेला परेको छ । दिदीसँगै हराएकी ६ बर्षीया बबिता मण्डलको भने लाश फेला नपरेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले जानकारी दिनुभयो ।

सुनसरी खोलामा आएको बाढि विस्तारै घट्ने क्रममा रहेकाले अर्की बालिकाको पनि लाश फेला पर्ने सक्ने सम्भावना रहेकाले प्रहरीले अझै खोजतलाश जारी राखेको पनि उहाँले जानकारी दिनुभयो ।फेला परेकी मिनताको लाशलाई भने पोष्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवामा ल्याईएको पनि प्रनाउ पोख्रेलले जानकारी दिनुभयो । 

हिजो खोला किनारमा खेल्ने क्रममा पानीमा डुबेकी बहिनीलाई बचाउने क्रममा दिदीलाई समेत  खोलाले बगाएको हो ।

 

तपाईको प्रतिक्रिया