israel-garage-collapse-cbsnews-com

२० भदौ, इजरायल। इजरायलका व्यापारिक शहर तेल अभिवमा एउटा भवन भत्किँदा कम्तिमा १८ जना घाइते भएका छन् भने पाँच जना भवनको भग्नाबशेषभित्र पुरिएका स्थानीय अधिकारीले सोमबार बताएका छन् ।

घटनाबारे बिस्तृत खबर आउन अझै बाँकि छ ।  प्रहरीका अनुसार निर्माणाधिन भवन भत्केर एउटा ग्यारेजमाथि पर्दा खसेको भग्नाबशेषबाट १८ जनाले भागेर जीवन जोगाउन सफल भएका थिए भने सात जना भग्नावशेषमा पुरिएको आशंकामा उद्धार जारी राखिएको छ ।

भग्नावशेषमा पुरिएका मध्ये दुई जनाले सम्पर्क गरेपनि उनीहरूलाई उद्धार गर्न कठिनाई भइरहेको प्रहरीले बताएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

घटनापछि इजरायली टेलिभिजनले भवन भत्किएका ठाँउमा औषधि सहितका उद्धार टोलीले घाइतेहरूलाई घटनास्थलबाट स्ट्रेचरमा राखी एम्बुलेन्सको सहयोगमा अस्पताल लगेको दृष्यहरू प्रशारण गरेका थिए ।

तपाईको प्रतिक्रिया