२१ भदौ , सप्तरी । सप्तरीको शम्भुनाथमा माइक्रो दुर्घटना हुँदा आधा दर्जन यात्रु घाइते भएका छन् ।आफैँ अनियन्त्रित भई दुर्घटना भएको सो माइक्रो सोमबार साँझ झापाबाट काडमाडौँ तर्फ जाँदै गरेको प्रहरीले जनाएको छ ।

बा ४ ख ४१६ नं को माइक्रोमा १४ जना यात्रु सवार थिए । घाइते सबैको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया