२१भाद्र, बिराटनगर। अन्दाजी २८-२९ वर्षको पुरुषको शव विराटनगर १३ तिनटाेलिया स्थित एक घरकाे काेठामा मारेर बाेरामा हालेकाे अवस्थामा भेटिएको छ ।ओमकार श्रेष्ठको घरमा उक्त शंकास्पद शव भेटिएको हो ।
घर मालिक विराटनगर बाहिर भएकाे अवस्थामा भेटिएकेा उक्त शंकास्पद शव शरीरको बिभिन्न अंग काटिएको  अवस्थामा  फेला पारेको हो  ।
डेरामा बस्ने व्यक्तिले हत्या गरि , गाडी मगाएर लास लुकाउन खोज्दा ड्राइभरले प्रहरीलाई खबर गरेकाे श्राेतबाट जानकारी अाएकाे छ । हत्यारा फरार रहेका छन् ।उनीहरु करिब ५ दिन आगाडी मात्रै त्यस घरमा भाडामा बस्न आएका थिए ।शवलाइ पाेस्टमार्टमका लागि धरान लगिएकाे छ ।

तपाईको प्रतिक्रिया