birganj

वीरगन्ज, १८ कात्तिक । रक्सौल नाकास्थित मितेरी पुलमा धर्ना बसेर नाकाबन्दी गरिरहेका मधेसी दलका नेताकार्यकर्तालाई मंगलबार साँझ भारतीय नागरिकले हातपात गरेका छन् । ३०-४० जनाको संख्यामा रहेका भारतीयले धर्नास्थल मितेरी पुलमै गएर मोर्चाका नेताकार्यकर्तालाई गालीगलौज गर्दै हातपात गरेका हुन् ।

मोर्चाको आन्दोलनका क्रममा सोमबार वीरगन्जमा प्रहरीको गोली लागेर भारतीय युवक आशीषकुमार रामको मृत्यु भएपछि भारत रक्सौलका बासिन्दा आक्रोशित भएको छ ।

नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य शिव पटेलले रक्सौलबाट लाठी र भाटा बोकेर आएका भारतीयहरुले धर्ना बसेका मोर्चाका नेताकार्यकर्ताहरुलाई गालीगलौज गर्नुका साथै दुव्र्यवहार गरेको बताए । अाजकाे अन्नपूर्ण पोस्टमा खबर  रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया