adrin moon sitaganj science5 adrin moon sitaganj science8

भाद्र २१ इनरुवा /एपोलो ११ चन्द्रयानका यात्री डा.बज एल्ड्रीन सुनसरी आईपुगेका छन् ।नील आर्मस्ट्रङ सँगै चन्द्रमा मा पहिलो मानव पाइला राख्ने एल्ड्रीन सुनसरीको सीतागंज स्थित एभरेस्ट साइन्स सेन्टर पुगेका हुन् ।

adrin moon sitaganj science7 adrin moon sitaganj science6
सेन्टरले आयोजना गरेको कार्यक्रममा सहभागि हुन पुगेका एल्ड्रीनले आफ्नो चन्द्रमाको अनुभव साटेका थिए ।दृढ विस्वास र इक्षा शक्ति भए हर कुरा सम्भव रहेको बताउँदै एल्ड्रीनले सोही पथमा अग्रसर हुन सवैलाई आग्रह गरे । नेपाल शान्त, समृद्ध र समुन्नत देश भएको प्रशंग कोट्याउदै उनले बुद्धको भूमि नेपालमा आउँदा शान्तिको अनुभुति महसुस गरेको बताए ।

adrin moon sitaganj science5 adrin moon sitaganj science4
एल्ड्रीनले आउँदो सन् २०१८ तिर चन्द्रमाको चक्कर लगाएर फर्किने योजना रहेको सुनाए । मंगल ग्रहको विस्तृत अध्ययन जारी रहेको बताउने एल्ड्रीनले मंगल ग्रहमा मानव वस्ती बसाउने योजनालाई अन्तिम रुप दिने तयारीमा आफु र आफ्नो टोली लागि परेको बताए । सन् २०३० तिर मंगलमा मानव पठाउन सुरु गरिने उनले योजना रहेको सुनाए  ।

adrin moon sitaganj science2 adrin moon sitaganj science1
प्रत्येक ४ वर्षको अन्तरमा मानव पठाइने योजना रहेको कार्यक्रममा सहभागी बनेका नासाका वैज्ञानिकहरुले बताए । ६ महिना जान र फर्किन ६ महिना तथा फर्किन कुर्नु पर्ने समय २ वर्ष लाग्ने भएकाले तीन वर्षको अवधी मंगलग्रहमा वित्ने भएकाले सोही अनुसारको तयारी भैरहेको कार्यक्रममा जानकारी दिइयो ।


विद्यार्थीहरुका लागि लक्षित गरी साइन्स सेन्टरले आयोजना गरेको कार्यक्रममा एल्ड्रीन सहित सहभागि बनेका नासाका वैज्ञानिकहरुले चन्द्रमा सम्मको यात्रा र मंगल ग्रहमा मानव वस्ती विकासका साथै बोट विरुवाको सम्भाव्यता र सो उपर भैरहेको पहल बारे विस्तृत तवरमा जानकारी समेत गराएका थिए ।

कार्यक्रममा सहभागि हुन सुनसरी , मोरङ्ग सहित झापाका विभिन्न नीजि विद्यालयका विद्यार्थीहरु सीतागंज पुगेका थिए । बज एल्ड्रीनले नील आर्मस्ट्रङसँगै आजभन्दा ५० वर्ष अघि सन् १९६० जुलाई २० मा चन्द्रमामा पहिलो मानव पाइला टेकेका थिए । आर्मष्ट्रङको ८२ वर्षको उमेरमा निधन भैसकेको छ । एल्ड्रीन ८१ वर्षका पुगेका छन् ।

तपाईको प्रतिक्रिया