111

१८ कात्तिक, काठमाडौं । असोज २१ गते बिहान ५ बजे। जाँचपास भई विराटनगर भन्सार यार्डमा थन्किएका गाडी एस्कर्टिङका लागि लाम लागे। सुरक्षाकर्मी एस्कर्टिङ चलाउने तारतम्य मिलाउँदै थिए। केही प्रहरीको नजर एचआर३८एफ ३७६९ नम्बर गाडीमा थियो जुन तीन दिनदेखि एस्कर्टिङमा आउन मानेकै थिएन। इलेक्ट्रोनिक्स सामान बोकेको त्यो ट्रक आफूलाई प्रहरीले पछ्याइरहेको चाल पाएपछि एस्कर्टिङको लामबाट बाहिरियो। लगत्तै उक्त गाडीसँग प्रहरीले सामानको प्रज्ञापनपत्र माग्यो।

ट्रक चालक नौसाद आलम अवाक् भए। उनीसँग ट्रकमा राखिएका सामानको एउटा पनि कागज थिएन। प्रहरीले चालकसहित ट्रक इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा बुझायो। भन्सार यार्डमै उक्त सामान दुईवटा ट्रकमा सारिएको पाइएको छ। स्रोतका अनुसार जोगबनीबाट विराटनगर भन्सार परिसरमा प्रवेश गर्दा त्यो सामान अर्कै गाडीमा थियो। भन्सार यार्ड पुगेपछि अर्कै गाडीमा खन्याइयो। एस्कर्टिङमा निस्कँदा त्यो सामान अर्कै गाडिमा राखिसकिएको नागरिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया