dinesh gupta apharan kid agrabal bihar
इनरुवा २२ भाद्र / भारतीय बालिका अपहरणका अरोपी दिनेश गुप्ता सहित चार जनालाई जिल्ला अदालत सुनसरीले पुर्पक्षकालागि थुनामा राख्ने आदेश दिएको छ ।

भारत विहार कटिहारकी ६ वर्षिया स्पर्श अग्रवालको अपहरणको संलग्नताका आधारमा पक्राउ परेका इनरुवाका गुप्ता सहित चार जनालाई सुनसरी अदालतको आदेशपछि पुर्पक्षका लागि थुनामा पठाइएको हो ।पुर्पक्षका लागि थुनामा पठाइएकाहरुमा गुप्ता सहित इनरुवा ५ का होस्टेल संचालक रामविलास यादव, शिक्षकद्धय रञ्जित यादव र बद्री मेहता रहेका छन् ।

अदालतमा बयानका क्रममा चारै जनाले बालिका अपहरण काण्डमा सहयोगीको भूमिका निर्वाह गरेको स्विकारेका थिए ।अपहरित बालिकालाई प्रहरीले ४ दिनपछि पथरीबाट सकुशल उद्धार गरेको थियो ।

तपाईको प्रतिक्रिया