वीरगन्ज – मधेसी मोर्चाका आन्दोलनकारीले प्रहार गरेको पेट्रोल बम लागेर मंगलबार यहाँ ७ प्रहरीसहित ९ जना घाइते भएका छन् । सुरक्षाकर्मीलाई लक्षित गरी प्रहार गरेको पेट्रोल बम लागेर २ सर्वसाधारणसमेत घाइते भएका छन् ।

घाइते भएकामा सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयमा कार्यरत भरत नेपाल र स्थानीय अर्ध साप्ताहिक पत्रिकामा कार्यरत सञ्चारकर्मी विद्या गिरी रहेका छन् । छुट्टाटुट्टै समयमा माईस्थान चोकमा यी दुवै घाइते भएका हुन् । घाइतेको उपचार वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा भइरहेको छ ।

मोटरसाइकलमा सवार नेपाल माईस्थान चोकमा पेट्रोल बम प्रहारबाट घाइते भएका हुन् । बिहानैदेखि माईस्थान क्षेत्रमा कफ्र्यु उल्लंघन गरी प्रदर्शन भइरहेको थियो, आजको कान्तिपुर दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया