२३ भदौं, दिलिप साह सप्तरी । सप्तरीको पातोबाट प्रहरीले बिहीबार दिउँसो लागूऔषध सहित चार जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सप्तरी मलेकपुर ३ का २३ वर्षिय राजेश कुमार सरदार, सोही ठाउँका १९ वर्षिय सन्देस कुमार साह, २२ वर्षिय संन्तोस कुमार साह र १९ वर्षिय दिपेश साह छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय पातोको टोलीले बिहीबार दिउँसो १ बजे सप्तरी मलेकपुर–३ बाट पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट नाईट्रोजन ट्याब्लेट १५ थान, नाईट्राभेट ट्याब्लेट १० थान र स्पास्मोप्रोक्सिन क्याप्सुल ६ थान बरामद भएको छ ।
प्रहरीले उनीहरु सवार रहेका दुई वटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । चारै जनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखि थप अनुसन्धान भइरहेको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय रुपनीको टोलीले बिहीबार तेरहौता–५ बिरेन्द्रबजारस्थित मनोज कुमार आले (मगर) र गिरिजादेवी चौधरीको घरबाट १५ लिटर घरेलु मदिरा, १९० लिटर कच्चा पदार्थ तथा शम्भुनाथ–२ बाट १५ लिटर मदिरा बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया