२४ भाद्र, मोरङ।  रंगेली – २ मा चट्याङ पर्दा  एक बालिकाको  मृत्यु भएको छ भने एक युवती घाइते भएकी छिन्।

मृत्यु हुनेमा रंगेली-२ बस्ने मिलन शर्माकी १२ वर्षिया छोरी चाँदनी शर्मा रहेकी छिन् भने  सोही ठाउँकी १८ वर्षिया सोनम शर्मा घाइते भएकी छिन।बिहिबार विहान घाँस काटेर घरतर्फ आउँदै गर्दा चट्याङले चाँदनीको घटनास्थलमै मृत्यु भएको हो भने सोनमको रंगेली अस्पतालमा उपचार भइरहेको छ।

 

तपाईको प्रतिक्रिया