rotract first add training itahari1
२४ भदौ,  इटहरी । रोट्रराक्ट क्लब अफ इटहरीको आयोजनामा एकदिने प्राथमिक उपचार तालीम सम्पन्न भएको छ । रोटरी अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२९२ नेपाल, भुटान अन्र्तगत रहेको रोट्रराक्ट क्लब इटहरीको पहलमा बिश्वका बिभिन्न देशहरुका ५६ वटा रोट्रराक्ट क्लबहरुले स्कुल तहका बिधार्थीहरुलाई एकदिने प्राथमिक उपचार तालिम दिन सुरु गरेको छ ।

इटहरी बाट सुरु भएको यो प्रशिक्षण कार्यक्रम भारत, बंगलादेश, माल्दिप्स लगायतका राष्ट्रहरुमा रोट्रराक्ट क्लब अफ इटहरीको संयोजनमा हुने अध्यक्ष बिकल पौडेलले बताउनु भयो । इटहरीमा आयोजित तालिममा प्रमुख अतिथि रहनु भएका शिक्षा सेवी प्रेम प्रसाद न्यौपानले यस्ताृ तालीम प्राप्त गर्ने जो कोही पनी ठुलो दुर्घटना बाट बच्न सक्ने बताउनु भयो ।

rotract first add training itahari2

त्यसै गरी रोटरी क्लब अफ इटहरीका पुर्व अध्यक्ष गोबिन्द सोनीले वालवालीकाको लागी प्राथमिक उपचार वालवालीकाले नै शिकेर दिन सके उपचा।रको क्षेत्रमा बालबालिकाको क्षमता अभिबृद्री हुने बताउनु भयो । रोट्रराक्ट क्लब इटहरीले गतबर्ष देखि सुरुवात गरेकोे कार्यक्रम नेपाल लगायत भारत , पाकिस्तान, बङगलादेश, ब्राजिल र नाइजेरियाका बिभिन्न ५६ वटा देश रोट्रराक्ट क्लबहरुले बिभिन्न स्थानहरुमा आयोजना गर्ने तालिम सम्पूर्ण क्लबहरुले संयूक्त झण्डा ( ब्यानरमा ) रहेर गरिने रोट्रराक्ट क्लबका उपाध्यक्ष रोट्र बिकल रेग्मीले बताउनु भयो ।

बिभिन्न समयमा दुर्धटनामा परी धाउ चोटपक पु¥याउनु भन्दा अगाडि सामान्य उपचार गरी खतराबाट जोगाउन तथा सामान्य उपचारको अभावमा अकाल मृत्यूबाट जोगाउनका लागि बिधार्थीहरुलाई सुक्ष्म बनाउन तालिमको अवधारणा ल्याइएको रोट्रराक्ट क्लब अफ इटहरीका सचिव रोट्र भुपेन्द्र निरौलाले जानकारी दिनुभएको छ ।

बिश्वभरका रोट्रराक्ट क्लबहरुमा फैलाउने लक्ष्यका साथ थालिएको परियोजनामा बिधार्थी , शिक्षक ररोट्रराक्टर हरुको इटहरीमा सम्पन्न तालीममा उल्लेखनिय सहभागिता रहेको थियो । कार्यक्रमलाई सहजीकरण नेपाल रेडक्रस सोसाइटीका पशिक्षक राम बहादुर पाठकले गर्नु भएको थियो ।

rotract first add training itahari

तपाईको प्रतिक्रिया