ghopa camp bp dharan sthapana diwas

२४ भाद्र, इटहरी। अल इण्डिया मेडिकल साईन्स अफ कलेज दिल्लीका निर्देशक प्रोफेसर डा. महेशचन्द्र मिश्रले प्रजातन्त्र र समाजबादका ब्याख्याता महामानव बीपी कोईरालाको सम्मानमा स्थापित बीपी कोईइराला स्वास्स्थ्य विज्ञान प्रतिष्ठान दक्षिण एशियाकै चर्चित मेडिकल कलेज बन्न सफल भएकोमा खुशी ब्यक्त गरेका छन् ।

महामानव बीपी कोईरालाको १०३ औ जन्मजन्ति तथा बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको २३ औ स्थापना दिवशको अवसरमा प्रतिष्ठान परिसरमा आयोजित कार्यक्रम सम्पन्न गरेको छ  ।प्रोफेसर डा. मिश्रले महामानव बीपीले नेपालमामात्र नभएर भारतमा समेत राजनीतिक परिवर्तन र स्वतन्त्रताका लागि ज्यादै महत्वपूर्ण योगदान पुर्याएको कारणले यो प्रतिष्ठानमा नेपाल र भारतको ठूलो लगानी रहेको पनि स्पष्ट पारेका थिए । महामानव बीपीले जसरी नेपाली जनतालाई स्वस्थय बनाउने विषयमा चिन्तन गरेका थिए सोही उद्देश्य पुरा गराउनका लागि यसको निर्माण भएकाले यसलाई बीपीको सपनासँग गाँसेर हेर्न पनि सवैलाई आग्रह गरेका थिए  ।

साथै प्रोफेसर डा. मिश्रले नेपाल र भारतका नेताहरुबीचको आपसी एकता मित्रता र समझदारी एवम सहकार्यको अनुपम उदाहरण्का रुपमा रहेको प्रतिष्ठानलाई अहिले जे जति सफलता प्राप्त भईरहेको छ त्यो भन्दा अझ अगाडी बढाउनका लागि निरन्तर सहकार्य एवम सहयोग विस्तारमा सवैले हातेमालो गर्न जरुरी रकेको पनि बताए ।कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्रोफेसर डा. बलभद्रप्रसाद दासले स्थापनाका छोटो अवधिमा नै बीपी प्रतिष्ठानले मुटुको ओपन हार्ट सर्जरी लगायतका महत्वपूर्ण उपचार प्रविधिमा सफता हासिल गरिसकेको भए पनि अझै हामीले धेरैै काम गर्न बाँकी रहेको कुरामा सवैको ध्यानाकर्षण गराइका थिए  ।

असिमिति आवश्यकता र चुनौीतहरुलाई चिर्दै चाँडै नै प्रतिष्ठान परिसरमा ४ सय सइयाकोे चिल्ड्रेन तथा मेटार्निटी अस्पताल भवनसँगै २ सय बेडको क्यान्सर अस्पताल र अर्को २ सय बेडको न्यूरो सर्जरी कार्डियोलोजी सेवाको समेत प्रतिष्ठानले विस्तारको योजना अघि बढाईसेको पनि जानकारी दिए ।उपकुलपति प्रोफेसर डा. दासले चिकित्सा विज्ञानका क्षेत्रमा अध्यापनरत दक्ष चिकित्सक शिक्षकहरुले आफ्नो भूमिकालाई इमान्दारितापूर्वक निर्वाह गर्न जरुरी रहेको तर्फ जोड दिए ।

कार्यक्रममा प्रतिष्ठानका कुलबहादुर श्रेष्ठले पनि धेरै आवश्यकता र सिमित साधन तथा स्रोत परिचालन गर्दै असिमिति आवश्यकता  एवम चुनौतिलाई प्रतिष्ठानले जिम्मेवारी निर्वाह गर्दै आएको बताए  ।

तपाईको प्रतिक्रिया