gatho pg certificate

चलचित्र गाँठोले सेन्सर बोर्डबाट पिजि (सोह्र बर्ष मुनिका बालबालिकालाई अभिभावको साथमा हेर्नुपर्ने) सर्टिफिकेट पाएको छ । शुक्रबार चलचित्र बिकास बोर्डमा गरिएको जा“चमा चलचित्रले पिजी सर्टिफिकेट पाएको हो । भाद्र ३१ गते प्रदर्शन मिति तोकेको चलचित्र गाठो यस अघि मौन र होस्टेल रिर्टन्स निर्देशक सुरज भुषालले गरेका हुन् । सम्बन्धको बिषयमा बनेको चलचित्रमा होस्टेल रिर्टन्र्स स्टार नाजिर हुसेन, अभय बराल, नम्रता श्रेष्ठ लगायको अभिनय रहेको छ । नम्रता श्रेष्ठले यसै चलचित्रबाट नेपाली चलचित्र नगरीमा डेब्यु गर्दैछिन् ।

 कुनैपनि दृश्य नकाटिएको चलचित्रलाई सिधै पिजी सर्टिफिकेट दिदा सन्तुष्टि नभएपनि सेन्सरको निर्णय मान्नैपर्ने बाध्यता रहेको निर्देशक सुरज भुषालले बताए । बटवाल इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्रका निर्माता तिलक बहादुर क्षेत्रि, नृपेन्द्र राज जोशी र स्यंम सुरज भुषाल भाद्र ३१ गते रिलिज डेट तोकीएको चलचित्रका निर्माता तिलक केसी र नृपेन्द्र राज जोशी हुन् । चलचित्रमा अनुपम शर्माको संगीत रहेको छ । पोखरा पाल्पा र गुल्मी आसापासमा खिचिएको चलचित्रलाई नरेन्द्र मैनालीले खिचेका हुन् । चलचित्र भाद्र ३१ गतेदेखि नेपालभर प्रदर्शन हुदैछ ।

 

तपाईको प्रतिक्रिया