१८ कात्तिक,काठमाडौं । नेपाल राष्ट्र वैंकका पूर्वगभर्नर डा.युवराज खतिवडा राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका छन् ।

Yubaraj-Khatiwadaमन्त्रिपरिषदको बुधवार बसेको बैठकले खतिवडालाई योजना आयोगको उपाध्यक्ष नियुक्त गरेको हो । खतिवडा यसअघि माधवकुमार नेपाल प्रधानमन्त्री भएका बेला पनि योजना आयोगको उपाध्यक्ष थिए ।

बैठकले मधेस आन्दोलनमा मृत्यु भएकाहरुका परिवारलाई १० लाख रुपैया क्षतिपूर्ति दिने निर्णय गरेको सरकारका प्रवक्ता कानुन मन्त्री अग्नि खरेलले बताए ।

मधेसी मोर्चाको माग बमोजिमत वार्तालाई सहज बनाउन सरकारले यो निर्णय गरेको हो । शहीद घोषणाको माग भने पूरा हुन बाँकी छ । सरकारले त्यसमा सहमति जनाइसकेको छ ।

 

तपाईको प्रतिक्रिया